शुक्रराज ट्रपिकल अस्पतालमा उपचार गराइरहेकै समयमा फरार कोरोना संक्रमित फेला–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • शुक्रराज ट्रपिकल अस्पतालमा उपचार गराइरहेकै समयमा फरार कोरोना संक्रमित फेला

शुक्रराज ट्रपिकल अस्पतालमा उपचार गराइरहेकै समयमा फरार कोरोना संक्रमित फेला

शुक्रराज ट्रपिकल अस्पतालमा उपचार गराइरहेकै समयमा फरार कोरोना संक्रमित फेला

काठमाडौं, २२  साउन । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकै समयमा फरार भएका कोरोना संक्रमित फेला परेका छन् ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार पिसिआर परीक्षणको अन्तिम रिपोर्ट कुरिरेका ति ब्यक्ति आइसोलेसनबाट भागेको केही समयमा सम्र्पकमा आएका थिए । विगत २ सातादेखि अस्पतालमा उपचाररत उनलाई डिस्चार्जको तयारी गरिरहेकै समयमा फरार भएको अस्पतालले जनाएको छ ।

यसैबिच काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर ह्वात्तै बढेका बेला कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिला रहेकी छिन् । उनको ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको हो ।

दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका समस्या भएकी ति बृद्धलाई पेट दुखेर धनुषाबाट थप उपचारका लागि काठमाडौँ ल्याइएको बताइएको छ । उनलाई काठमाडौँ ल्याए लगत्तै १७ गते आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उनको मृत्यु भए लगत्तै अस्पतालका स्वास्थ्यकर्मीको कन्ट्याक ट्रेसिङका सुरु गरिएको अस्पताल स्रोतले जनाएको छ ।

यसैबिच काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्ले २४ घण्टामा ८४ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रायलका अनुसार काठमाडौँमा ७५, ललितपुरमा ८ र भक्तपुरका १ गरी ८४ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै नेपालमा आज ३ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका अनुसार आज एकैदिन ३ सय ६० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयले अस्पतालहरुले कर्मचारीलाई सिफ्टमा काम गर्ने वातावरण मिलाउन सूचना जारी गरेको भन्दै नियम पालना गर्न सबैमा अपिल गरेको छ ।

यसैबिच उपत्यकामा संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको स्रोतले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाले १६ जना संक्रमित सम्पर्कबाहिर रहेका मध्ये ८ जना सम्पर्कमा आएको भएता पनि अझै ८ जना फरार रहेको जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका