भीरकोटमा नेकपाको वडा संयोजक सहित दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रवेश–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • भीरकोटमा नेकपाको वडा संयोजक सहित दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रवेश

भीरकोटमा नेकपाको वडा संयोजक सहित दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रवेश

भीरकोटमा नेकपाको वडा संयोजक सहित दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रवेश

चुत्र महत, भीरकोट, २२ साउन । भीरकोट नगरपालिका वडा नंं. ८ मा नेपाली कागे्र को वाड भेला गत मंगलवार सम्पन्न भएको हो । भेलाको उद्दघाटन गर्दै महासमिति सदस्य तथा नगर प्रमुख छायाराम खनालले भीरकोटको विकास र समृद्धिका लागी सबै एकजुट हुनुपर्ने भन्दै विकास निर्माण र कृषिलाई नगरले प्राथामिकता दिएको बताउनुभयो ।

कार्यरत नगरप्रवक्ता दिपेन्द्र केसीले नगरबासीको हित र समृद्धिका लागी नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा पुर्व अध्यक्षहरु खेम केसी, ठाकुरप्रसाद रेग्मी, नगरसचिव शेषकान्त खनाल, कार्यपालिका सदस्य विष्णुमाया काफ्ले लगायतले बोल्नुभएको थियो ।

वडा सभापति खडानन्द खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भिमलाल खनाल र स्वागत तिलबहादुर गुरुङले गर्नुभएको थियो ।

वाड भेला कार्यक्रममा विगत २० वर्ष देखी तात्कालिन नेपाल कम्यूनिष्ट पार्टी एमालेमा रहेर समाजसेवा गर्दै आउनु भएकी र हाल भीरकोट नगरपालिका वडा न ८ को नेपाल कम्यूनिष्ट पार्टी नेकपाको संयोजक मोती कुमारी रानाले कम्यूनिष्ट पार्टी दलाल र पुँजीवाद तर्फ उन्मूख भएको भन्दै सिद्धान्त विपरित चल्न नसकेको भएकाले नेकपा छोडी काग्रेसमा प्रवेश गरेको वताउनुभयो ।

काग्रेस आजका दिन सम्म पनि देश र जनताको हितमा काम गर्ने पार्टीको रुपमा आफुले लिएको र विपिको सिद्धान्त मन परेकोले नगर प्रमुख वाट नेपाली कांग्रेसको क्रियाशिल लिएको वताईन ।

तात्कालिन नेपाल कम्यूनिष्ट पार्टी एमाले , नेपाल कम्यूनिष्ट पार्टी माओवादी र जनमोर्चा पार्टी परित्याग गरी नेग व गुरुङ्,टेक व गुरुङ्,सन्तोस गुरुङ्,शुशिल गुरुङ्, लगायत दर्जनौ कार्यकर्ता काग्रेस पार्टीमा प्रवेश गरेको नगरप्रमुखका स्वकीय सचिव नन्दु खनालले वताएका छन ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका