आज देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाकाे सम्भावना–Samacharpati
Samacharpati
सोमवार, अशोज ५, २०७७
  • होमपेज
  • आज देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाकाे सम्भावना

आज देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाकाे सम्भावना

आज देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाकाे सम्भावना

काठमाडौं, २२ साउन । आज गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हल्का बर्षा भइरहेको छ। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार , दिउँसो देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पूर्वानुमानमा हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। त्यस्तै प्रदेश १ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि देशभरीकै मौसम सामान्य बदली भई एक र दुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ ।।आज र भोलि पनि दिउँसोको भन्दा राति धेरै पानी पर्ने संभावना छ ।पर्सि शनिबार रातिदेखि भने मनसुन फेरि सक्रिय हुन लागेकाले आइतबार धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले पूर्व तयारी गर्न महाशाखाले आग्रह गरेको छ ।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका