आजबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा राेक–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • आजबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा राेक

आजबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा राेक

आजबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा राेक

काठमाडौं, २२ साउन । देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढे सँगै खतराको घन्टी बजेको छ । यसैबिच गृह मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ ।

यो नियम २ सयभन्दा बढी सक्रिय संक्रमित भएका स्थानमा लागू हुने गृहमन्त्रालयले जनाएको छ । अत्यावश्यक काममा बाहेक यो नियम सबैले लागू गर्न गृहमन्त्रालयले सबैको अपिल गरेको छ ।

यसैबिच आजदेखि नै काठमाडौं उपत्यका सहितका २ सयभन्दा बढी संक्रमित भएका स्थानमा जोरविजोर प्रणाली लागू गर्न गृहमनत्रालयले सबैमा अपिल गरेको छ ।

यसैबिच नेपालमा बुधबार ३ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा बुधबार थप ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।

त्यस्तै नेपालमा बुधबार १ सय ३० जनाले कोरोनालाई जितेर घर फर्किएका छ । योसँगै नेपालमा अहिलेसम्म १५ हजार १ सय ५६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिँदै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको बताए ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका