वल्डलिङ्कको नेट जोड्ने क्रममा तनहुँमा एक युवकको मृत्यु–Samacharpati
Samacharpati
मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • वल्डलिङ्कको नेट जोड्ने क्रममा तनहुँमा एक युवकको मृत्यु

वल्डलिङ्कको नेट जोड्ने क्रममा तनहुँमा एक युवकको मृत्यु

वल्डलिङ्कको नेट जोड्ने क्रममा तनहुँमा एक युवकको मृत्यु

तनहुँ,  २१ साउन । करेन्ट लागेर आज दिउँसो तनहुँमा एक युवकको मृत्यु भएको छ । व्यासनगरपालिका–४ निवासी ३० वर्षीय सुवास श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । व्यासनगरपालिका–१ विज्ञानचौरस्थित पिताम्बर थापाको घरमा वल्डलिङ्कको नेट जोड्ने क्रममा उक्त घट्ना भएको हो ।

करेन्ट लागेर सख्त श्रेष्ठको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा लैजाँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका