पोखरामा भेटिए नौ जना कोरोना संक्रमित–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • पोखरामा भेटिए नौ जना कोरोना संक्रमित

पोखरामा भेटिए नौ जना कोरोना संक्रमित

पोखरामा भेटिए नौ जना कोरोना संक्रमित

कास्की, २१  साउन । आज मात्रै गण्डकी प्रदेशमा नौ जनालाई (कोभिड -१९) कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको १५५२ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा नौ जनामा कोरोना संक्रमित देखिएको हो । संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । कोरोना संक्रमित हुनेहरुमा १७ वर्ष देखि ५७ वर्ष सम्मका रहेका छन् ।

अहिले सम्म गण्डकी प्रदेशमा ४ जनाले ज्यान गुमाइसकेका छन् भने १३ सय ५४ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका