धौलागिरी अस्पताल बाग्लुङमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • धौलागिरी अस्पताल बाग्लुङमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

धौलागिरी अस्पताल बाग्लुङमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

धौलागिरी अस्पताल बाग्लुङमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

बाग्लुङ, २१ साउन । बाग्लुङमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको छ । धौलागिरी अस्पताल बाग्लुङ अन्तर्गतको धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पुष्टि भए लगत्तै धौलागिरी अस्पतालको ओपीडि सेवा बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेण्ट डा. शैलेन्द्र बि.क. पोखरेलले ओएस नेपाललाई जानकारी दिए ।

अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेण्ट डा. शैलेन्द्र बि.क. पोखरेलका अनुसार अस्पतालको ओपीडि सेवा साउन २१ गतेदेखि लागु हुनेगरी बन्द गरिएको हो ।

अस्पतालले स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएको जानकारी पाए लगत्तै अस्पतालको ओपीडि सेवा अनिश्चितकालका लागि बन्द गरेर थप स्वास्थ्यकर्मी र सर्वसाधरणमा कोरोना फैलन नदिन र कन्ट्रयाक्ट ट्रेसिङ मार्फत स्वाब संकलन सुरु गरेको डा. पोखरेलले बताए ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका