बेपत्ता भएकाे एक महिनापछि पंकज गिरीकाे शव भालुपहाडमा फेला–Samacharpati
Samacharpati
मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • बेपत्ता भएकाे एक महिनापछि पंकज गिरीकाे शव भालुपहाडमा फेला

बेपत्ता भएकाे एक महिनापछि पंकज गिरीकाे शव भालुपहाडमा फेला

बेपत्ता भएकाे एक महिनापछि  पंकज गिरीकाे शव भालुपहाडमा फेला

स्याङजा, २० साउन । स्याङजाको चापाकोट नगरपालिका–५ खेसाम काम्ती घर भएका १९ वर्षिय  पंकज गिरी काे वेपत्ता भएकाे एक महिनापछि  स्याङजाकाे भालुपहाडमा मृत् अवस्थामा शव फेला परेकाे छ ।

असार १८ गते पंकज गिरी  स्याङजा बाडखाेलामा साथीसँग सम्पर्कमा थिए । उनि भाडाँकाे ना ४० प ३७२० नम्बरको हरियो बुलेट बाइक  लिएर पाेखरा  हिडेका थिए । बाडखाेला सम्म सर्म्पकमा रहेका पंकज पछि कता गए काहाँ गए भन्ने अत्वपत्व नभएपछि उनि बेपत्ता भएकाे भनि खाेजी गरिदिन उनका आफ्न्त सराेज गीरीले जिल्ला  प्रहरी कार्यलय कास्कीमा निवेदन दिएका थिए ।

पंकज गिरी  जनप्रीय बहुमुखी क्याम्पस बिबिएस प्रथम बर्षमा अध्यनरत थिए । उनि पाेखरा प्रस्याङ् बस्दै आएका थिए । जिल्ला  प्रहरी कार्यलय कास्कीमा असार २९ गते निवेदन परेकाले जिल्ला प्रहरी स्याङ्जामा परिपत्र गरेकाे कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानाकारी दिएका थिए ।

स्याङ्जा प्रहरीले पनि खाेजी तिव्र पारेकाे थियाे । पंकजले बाइक भाडाँमा लिएर बेपत्ता भएकाे हुदाँ बाइककाे खाेजी गरिदिन पाेखरा माेटरसाइकल रेन्ट हाउसका आविस्कार तिमिल्सिनाले पनि बैदाम प्रहरीकाेमा निवेदन दिएका थिए ।

एक महिना सम्म पनि उनकाे पत्ता लाग्न सकिरहेकाे थिएन । सावन १८ गते भालुपाहाडमा घाँस काट्ने महिलाले  बाइक देखेर सबैलाइ भनेपछि त्यहाँका स्थानिय सबैजना हेर्ने पुगेका थिए । पंकज गिरीकाे शव पनि अड्किएकाे अवस्थामा फेला परेकाे थियाे ।

बाइक भेटिएकाे खबर प्रहरीलाइ जानाकारी गराए पछि प्रहरीले घट्ना स्थलमा आएर साेधपुछ कार्य अगाडि बढाएकाे  थिए ।  पंकज गिरीकाे हत्या हाे या दुर्घटना त्याे भने अनुसन्धान भइरहेकाे छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका