कोरोना कहर युथको लागि नयाँ अवसर भएको–व्याई सि.सि.को भनाई – Samacharpati
Samacharpati
आइतवार, माघ ४, २०७७
  • होमपेज
  • कोरोना कहर युथको लागि नयाँ अवसर भएको–व्याई सि.सि.को भनाई

कोरोना कहर युथको लागि नयाँ अवसर भएको–व्याई सि.सि.को भनाई

कोरोना कहर युथको लागि नयाँ अवसर भएको–व्याई सि.सि.को भनाई

काठमान्डाैँ, १९ साउन । नेपालमा कृषिको आधुनिकीकरण, विविधिकरण र व्यापारिकरणको कुरा वर्षौंदेखि उठिरहेको भए पनि अहिले युथ कम्युनिटी क्लबले कृषिमा लगानी गरेको युवा व्यवसायीका अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा जानकारी दिएका छन् ।

युथ कम्युनिटी क्लबले कृषि अझै पनि आकर्षणको होइन, हेयको क्षेत्रकै रुपमा रहेकोले अब कोभिड १९ पछि नेपालमा पनि कृषि क्षेत्रमा आकर्षण बढाउने, रोजगारी बढाउने र उत्पादन बढाई परनिर्भरता कम गर्न सकिनेबारेमा चर्चा हुने गरेको बताएका छन् ।

कार्यक्रमका प्रमुख वक्ता नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष तथा विश्लेषक आनन्दराज मुल्मीले युवाहरु जसरी व्यवसायमा आउनु भएको छ त्यसरी नै निरन्तरता दिन आग्रह गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल हुन शुभकामना दिनुभयो ।

उँहाले काठमाडौं केन्द्रित रहको अवसरहरुलाई बाहिर ल्याउन युथ कम्युनिटी क्लबले सक्ने बताउदै युथ कम्युनिटी क्लबलाई ब्राण्ड बनाउन सफल रहोस् भनेर शुभकामना दिनुभयो ।

उक्त कार्यक्रमका बक्ताहरु व्यवसायी अरुणा शेरचन , युवा अभियन्ता तथा पर्यटन विश्लेशक सुवास मल्ल , व्यवसायी तथा सुर्योदय लघुवित्त सस्थाका अनन्त कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले युवा जोश जाँगरको सहि सदुपयोग गर्न आग्रह गरेका छन् ।

युथ कम्युनिटी क्लबका अध्यक्ष पुर्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष जयन्ति मोक्तानले र कार्यक्रम सहजिकरण सयोंजक स्नेहा गुरुङ्गले गर्नु भएको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका