पर्सामा पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि–Samacharpati
Samacharpati
सोमवार, अशोज ५, २०७७
  • होमपेज
  • पर्सामा पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, १९ साउन । पर्सामा गरिएको परीक्षणमा पत्रकारसहित थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेहरुमा १० वर्षकी बालिकादेखि ६७ वर्षकी वृद्ध महिलासमेत रहेका छन् । जसमा ६१ जना पुरूष र १२ जना महिला रहेका छन् ।

मास ट्रेसिङमा पिसिआर जाँच गराएका २६ जना, एक घर एक परिक्षण जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जना रहेको बताइएको छ । यो सँगै पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ८० जना पुगेको छ ।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका