छोराछोरीले पठाएको रकम कोरोना पिडितलाई – Samacharpati
Samacharpati
मङ्लबार, साउन २०, २०७७
  • होमपेज
  • छोराछोरीले पठाएको रकम कोरोना पिडितलाई

छोराछोरीले पठाएको रकम कोरोना पिडितलाई

छोराछोरीले पठाएको रकम कोरोना पिडितलाई

पोखरा, १८ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ११ कालीकोट स्थायी घरभई हाल पोखरा ८ अनुपममार्गमा वस्दै आउनु भएकी खुमकुमारी थापाले आफ्नो गाउँका कोरोना पिडित दाजुभाई तथा दिदिबहिनीहरुलाई आईतबार राहत वितरण गर्नुभएको छ ।

वैदेशिक रोजगारको सिलसिलामा युके तथा अष्ट्रेलियामा रहेका छोराछोरीहरुले पठाएको रकमले कालीकोटका २० घर परिवारलाई राहत वितरण गर्नुभएको हो ।

राहतमा चामल ३० केजीको १ वोरा, २ केजी दाल, २ केजी नुन, १ केजी चिनी, लुगा धुने साबुन ६ पिस, नुहाउने साबुन १ थान र चिया पत्ती १ वट्टाको दरले वितरण गर्नु भएको हो ।

सोही अवसरमा शुक्लागण्डकी ११ कालीकोटमा रहेको कालीका आमा समुहलाई पनि २० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । आमा समुहकी अध्यक्ष ज्याम कुमारी थापालगाएतको समुहलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।

वडा नंं. ११ का अध्यक्ष दलबहादुर थापाले विदेशको भूमीमा रहेर सहयोग पठाउने तथा नेपालमा रहेका सामाजिक कार्यमा सक्रिय थापा परिवारलाई आभार व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका