fbpx

मोरङमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

author

समाचारपाटी

१२ महिना अगाडि

विराटनगर । मोरङको रंगेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

उहाँका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रतुवामाई नगरपालिका–५ की ५० वर्षीया मानकीदेवी साहको मृत्यु भएको हो । गम्भीर घाइते उहाँको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा राति १०:३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मानकीदेवी आफ्नै छोराले चलाएको मोटरसाइकलको पछाडि बस्नुभएकाे थियाे । दुर्घटनालगत्तै मानकीदेवीलाई छोरा २९ वर्षीय दिनेशकुमार साहले उपचारका लागि अस्पताल पुर्‍याउनुभएकाे थियाे । आमाको मृत्यु भएपछि छाेरालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको खुलेको छ । 

annapurnapost


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने