पर्सामा थप ४५ जनामा कोरोना, मेयर सरावगीकाे परिवारका दुई जना पनि संक्रमित – Samacharpati Samacharpati पर्सामा थप ४५ जनामा कोरोना, मेयर सरावगीकाे परिवारका दुई जना पनि संक्रमित – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • पर्सामा थप ४५ जनामा कोरोना, मेयर सरावगीकाे परिवारका दुई जना पनि संक्रमित

पर्सामा थप ४५ जनामा कोरोना, मेयर सरावगीकाे परिवारका दुई जना पनि संक्रमित

पर्सामा थप ४५ जनामा कोरोना, मेयर सरावगीकाे परिवारका दुई जना पनि संक्रमित

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनासहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार १४ महिलासहित ५ वर्षदेखि ६२ वर्ष उमेर समूहका ४५ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४३ जना वीरगन्ज महानगरपालिका, एकजना पर्साको सखुवा प्रसौनी गाउँपालिका र एकजना ठोरी गाउँपालिकाको निर्मवस्तीका बासिन्दा हुन् । संक्रमित ४५ जनामध्ये वीरगन्जका मेयरको परिवारका दुई जना र उनका ४ जना कर्मचारीसमेत रहेका छन् । गत बिहीबार काठमाडौँमा मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

४५ जना संक्रमितमध्ये अधिकांश ‘मास ट्रेसिङ’को परीक्षणमा संक्रमित भेटिएको मेसु डा. उपाध्यायले बताए । साउन १२ गते वीरगन्ज–४ स्थित कन्या स्कुलमा गरिएको स्वाब संकलनमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी साउन १५ मा वीरगन्ज– ११ श्रीपुर स्कुलमा गरिएको स्वाब संकलनमा १३ जना स्थानीयमा कोरोना संक्रमण देखिएको छ ।

साउन १६ मा वीरगन्ज चिनी मिलमा गरिएको स्वाब संकलनमा ६ जनामा कोरोना संक्रमण पोजिटिभ पाइएको छ । म्यागनस फर्मा औषधि उद्योगका ५ जना स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका