नवगठित नेपाली काँग्रेस(वी पी)मा २०० जना युवाहरु प्रवेश – Samacharpati
Samacharpati
मङ्लबार, साउन २०, २०७७
  • होमपेज
  • नवगठित नेपाली काँग्रेस(वी पी)मा २०० जना युवाहरु प्रवेश

नवगठित नेपाली काँग्रेस(वी पी)मा २०० जना युवाहरु प्रवेश

नवगठित नेपाली काँग्रेस(वी पी)मा २०० जना युवाहरु प्रवेश

काठमाडौँ, १८ साउन । नवगठित नेपाली काँग्रेस (वी पी) ले काठमाडौँ क्षेत्र नम्बर ९ कलंकीमा आफ्नो क्षेत्रीय कार्यलय स्थापना तथा २०० जना युवाहरुलाई पार्टी प्रवेश गराएको छ ।

प्रमुख अतिथि नेपाली काँग्रेस (वी पी) का केन्द्रिय सभापति हरिबोल भट्टराई र काठमाडौं क्षेत्र नम्बर ९ का क्षेत्रीय सभापति प्रभाकर महर्जनको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका महामन्त्री तथा पुर्व मन्त्री सुशीलमान सेरचन, महामन्त्री पुष्पराज पराजुली, सह(महामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेल र पार्टीका नेता, भातृ संघ तथा सुभेक्षुक संघका प्रमुख तथा पदाधिकारीहरुको उपस्थिति रहेकोे थियो ।

कार्यक्रमका प्रमुख अतिथि पार्टी सभापति भट्टराईले सत्ताको लागि विदेशी सित लम्पसार पर्नु राष्ट्रियताको लागि अहित रहेको बताउदै नेकपा र नेपाली काँग्रेस एकै सिक्काका दुई पाटा भएको दाबी गर्नु भयो । कोरोनाको नाममा भएको भ्रष्टाचारमा नेपाली काँग्रेसका नेताहरूको समेत मिलिमतो भएको ठोकुवा गर्नु भयो ।

गाँस बाँस कपास र स्वास्थ शिक्षाको सरकारले जिम्मा भएकोले सबै नागरिकलाई गाँस बाँस कपास र स्वास्थ शिक्षा निस्शुल्क गर्न माग गर्दै समाजवाद तर्फ लाग्न आग्रह गर्नु भयो ।

पत्रकारहरुको कलम बन्द गर्ने गरि आएको विधेयक सरकारको तानाशाही प्रवृत्ति अगाडि लैजान आएको भन्दै सरकारले अहिले खारेज गरे पनि जुनसुकै बेला आउन सक्ने भन्दै प्रेस वाक स्वतन्त्रता मौलिक अधिकार भएकोले यस्ता अधिकारलाई बन्देज नलगाउन चेतावनी दिनुभयो ।
इन अफ इनको युवाहरुको मागमा आफ्नो पार्टीको पुर्ण समर्थन रहेको बताउदै युवाहरुको माग तत्काल सम्बोधन गरि अशनरहत युवाहरूको स्वास्थको ख्याल गर्न पनि माग गर्नु भयो । सभापति भट्टराईले अहिले राजनीतिमा नैतिकता हराएको भन्दै राजनीतिलाई नैतिकवान बनाउन नेपाली काँग्रेस (वि पि) को जन्म भएको बताउनु भयो ।

वि पि कोइराला जस्तो प्रजातान्त्रिक नेताको अनुरागी पार्टीले गणतन्त्र संघियता धर्म निरपेक्षतामा जादा प्रजातान्त्रिक प्रक्रिया नपनाएकोले नेपाली काँग्रेस (वि पि) को जन्म हुन परेको बताउदै नेपाली काँग्रेसलाई वि पि, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह लगाएत नेताहरूको फोटो बेच्ने र आफुलाई प्रजातान्त्रिक पार्टी भन्ने अधिकार नभएको दाबी गर्नु भयो ।

महामन्त्री तथा पुर्व मन्त्री सुशीलमान सेरचनले सरकारले कोरोनाको नाममा १० अर्ब खर्छ देखाए पनि फ्रन्ड लाइनमा खटिने स्वास्थकर्मी, पत्रकार, सुरक्षाकर्मिलाई पिपिई सेनिटाइजर समेत उपलब्ध नगराएको नागरिकको पिसिआर समेतमा तिव्रता दिन नसकेको भन्दै कोरोनाको नाममा भ्रष्टाचारको गन्ध आएको दाबी गर्नु भयो ।

सरकारले विद्युत, नेपाल टेलिकम र पेट्रोलियम पदार्थमा विभिन्न शिर्षकमा लगाएको कर सिमित समयको लागी लगाउनु पर्ने भए पनि निरन्तर लगाएको भन्दै कर छुट दिई नागरिकलाई शुलभ दरमा सेवा दिन पनि माग गर्नु भयो । महामन्त्री सेरचनले सरकार र प्रतीपक्ष दल भ्रष्टाचारमा लिप्त भएको भन्दै पाटन कृष्ण मन्दिर र भक्तपुरमा कोणसभा गरे पछि काठमाडौमा मसाल जूलूस र माइतीघरमा विशाल विरोध सभा गरि जिल्ला जिल्ला पुग्ने र भदौ अन्तिममा राष्ट्रिय आन्दोलनको घोषणा गर्ने बताउनु भयो ।

पार्टीका अर्का महामन्त्री पुष्पराज पराजुलीले अङ्कृत नागरिकताको छानबिन आयोक गठन गर्न माग गर्दै भ्रष्टाचारमा नाम आएको छानबिन गरि कारबाही गर्न माग गर्नु भयो । पार्टीका सहमहामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेलले राष्ट्रियताको पक्षमा लाग्दा छिमेकी शीत लड्नु नपर्ने सुशासनको पक्ष कायम राखे मात्रै राष्ट्रियता बलियो हुने बताउनु भयो ।

पौडेलले एमसिसी सम्सोधन नभै पास भएमा एमसिसी प्रोजेक्ट समाप्त पार्ने घोषणा गर्नु भयो । सेना राष्ट्रिय चरीत्रको नभएको भन्दै राष्ट्रिय चरीत्रको सेना हुनु पर्ने बताउनु भयो । आफ्नो परमाधिपती किन जोगाउन सकेन रु सेनामा भ्रष्टाचारको गन्ध किन आउँछ रु भन्दै प्रश्न गर्नु भयो । मुलुकको वेथिती अन्त्य गर्न सेनालाई अगाडि आउन समेत आह्वान गर्नु भयो ।

पौडेलले कोरोना भाइरस त हामीले सहुला लडौला तर ठूलो जालोमा रहेको भ्रष्टाचार अन्त्य कसरी हुन्छ, त्यस जालो तोड्न लागि पर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।

पौडेलले चुनावमा पैसा खर्च गर्नेका विरुद्ध आफ्नो पार्टी लड्ने प्रतिबद्धता व्यक्त गर्दै विदेशीको इसारामा ल्याइएको संविधानको विस्थापन र वि पि विचार मात्रै राष्ट्र जोगाउने मार्ग रहेकोे दाबी गर्नु भयो । कार्यक्रमका वक्ताहरूले नवप्रवेशिहरुलाई स्वागत समेत गरेका केन्द्रिय कार्यलय सचीव सुशीलराज वाग्लेले जानकारी दिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका