शिव परियारको ‘नाचें फिरिरी’, ३ दिनमै ६ लाख बढी भ्युज – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • शिव परियारको ‘नाचें फिरिरी’, ३ दिनमै ६ लाख बढी भ्युज

शिव परियारको ‘नाचें फिरिरी’, ३ दिनमै ६ लाख बढी भ्युज

शिव परियारको ‘नाचें फिरिरी’, ३ दिनमै ६ लाख बढी भ्युज

काठमाडौं, १८ साउन । डा. चन्द्र गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत ‘नाचें फिरिरी’को भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ ।

यही साउन १५ गते बिहीबार दिउँसो २ बजे रिलिज भएको यो भिडियोले समाचार लेखिरहँदाको समय अर्थात् २ दिनमा ६ लाख भन्दा बढी भ्युज पाईसकेको छ ।

लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका झापाली गीतकार डा. गिरी वरिष्ठ वातावरणविद् हुन् । गीतकार गिरीका लगभग १ दर्जन गीत रेकर्ड भईसकेका छन् । अरु गीतका भिडियो पनि क्रमैसँग रिलिज गरिने कुरा उनले जानकारी गराए ।

गम्भीर विष्टको परिकल्पना तथा निर्देशन, सुबोल थापाको कोरियोग्राफी र अर्जुन तिवारीको सिनेम्याटोग्राफीमा छयाँकन भएको यस भिडियोमा विकाश ज्ञवालीले सम्पादन र जीवन थापाले कलर करेक्शन गरेका छन् ।

भिडियोमा दर्शकले अत्यन्तै रुचाएका कलाकार ट्वीन्सर्् प्रिज्मा र प्रिन्सी खतिवडा तथा सागर लम्साल ‘बले’ले प्रमुख मोडलको रुपमा नृत्य तथा अभिनय गरेका छन् ।

नेपाल चलचित्र विकाश कम्पनी बालाजूमा भब्य सेट लगाएर केहीदिन अघिमात्र भिडियोको छायाँकन गरिएको थियो । भिडियोको लागि कला निर्देशक विजय चौधरीले आकर्षक सेट लगाएका थिए ।

‘क्या दामी भो‘’ र ‘पिलायो साथी‘’ले जस्ता पिउने पिलाउने गीतबाट विशेष र फरक प्रकारको चर्चा पाएका शिव परियारले अब ‘नाचें फिरिरी‘’ले संसारभरका स्टेज तताउने प्रतिक्रिया दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका