तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्याय पक्राउ – Samacharpati
Samacharpati
शुक्रबार, साउन २३, २०७७
  • होमपेज
  • तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्याय पक्राउ

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्याय पक्राउ

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्याय पक्राउ

घोराही, १७ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटसहित १३ लाख २४ हजार ४६ गरी कूल १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित पक्राउ गरेको हो ।

उपाध्याय स्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिएर हिँडेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले काठमाडौंको नागढुंगाबाट नियन्त्रणमा लिएको हो । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका