स्वास्थ्य प्रवन्ध मिलाएर पार्टी प्यालेस संचालन गर्न पाउनुपर्ने व्यवसायीको माग–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • स्वास्थ्य प्रवन्ध मिलाएर पार्टी प्यालेस संचालन गर्न पाउनुपर्ने व्यवसायीको माग

स्वास्थ्य प्रवन्ध मिलाएर पार्टी प्यालेस संचालन गर्न पाउनुपर्ने व्यवसायीको माग

स्वास्थ्य प्रवन्ध मिलाएर पार्टी प्यालेस संचालन गर्न पाउनुपर्ने व्यवसायीको माग

काठ्माण्डौ, १७ साउन । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी महासंघले सामाजिक दुरी तथा स्वस्थ्य प्रबन्ध मिलाएर व्यवसाय सञ्चालन गर्न अनुमतिको माग गरेको छ ।

महासंघका अध्यक्ष लिला बहादुर जिसीको नेतृत्वमा गृहमन्त्री राम बहादुर थापा लाई ज्ञापनपत्र बुझाउदै व्यवसायी नमर्ने र जनताको सुरक्षालाई पनि ख्याल पुर्याउदै व्यवसाय खोल्न पाउनुपर्ने माग गरिएको हो । कोरोना संक्रमणका कारण अन्य व्यवसाय सञ्चालनमा आएपनि क्याटरीङ्ग व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।

व्यवसाय सञ्चालनका बिषयमा अनिश्चित भएका कारण सरकारी स्तरबाट हालसम्म कुनै ठोस कदम नचालिएको र ब्यवशायमा आश्रित व्यवसायी तथा मजदुरहरुको बारेमा पनि सरकार मौन रहेका कारण ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको अध्यक्ष लिला बहादुर जि.सी ले जानकारी दिनुभयो ।

गृहमन्त्री रामबहादुर थापा बादलले व्यवसाय संचालनको ब्यवस्था मिलाउने बारे आबस्यक छलफल पछि निर्णय लिने बताउनुभयो । सो अवसरमा प्रतिनिधिसभा सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको पनि सहभागीता रहेको बताइएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका