मध्यनेपाल पोलिक्लिनिक संचालन, विश्वसनिय सेवा उपलब्ध गराउन मेयर पाण्डेको आग्रह – Samacharpati
Samacharpati
शुक्रबार, साउन २३, २०७७
  • होमपेज
  • मध्यनेपाल पोलिक्लिनिक संचालन, विश्वसनिय सेवा उपलब्ध गराउन मेयर पाण्डेको आग्रह

मध्यनेपाल पोलिक्लिनिक संचालन, विश्वसनिय सेवा उपलब्ध गराउन मेयर पाण्डेको आग्रह

मध्यनेपाल पोलिक्लिनिक संचालन, विश्वसनिय सेवा उपलब्ध गराउन मेयर पाण्डेको आग्रह

भोर्लेटार, १७ साउन । लमजुङको मध्यनेपाल नगरपालिका भोर्लेटारमा मध्यनेपाल पोलिक्लिनिक संचालनमा आएको छ । पोलिक्लिनिकको नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।

सो अवसरमा प्रमुख पाण्डेले पोलिक्लिनको सेवाले स्थानियलाई स्वस्थ्य रहनु ठुलो भुमिका खेल्ने बताउनुभयो । बिरामी भएर जचाउ जानुभन्दा पनि रोग नलागोस भन्ने कुरामा सचेत रहनुपर्ने भन्दै पाण्डेले जुनसुकै रोगको पनि बेलैमा उपचार गर्ने हो भने धेरै आर्थिक भार पनि नपर्ने र रोगको उपचार गर्न पनि सहज हुने उल्लेख गर्नुभयो । उहाँले गुणस्तरमा सम्झौता नगर्न र भरपर्दो विश्वसनिय सेवा उपलब्ध गराउन पोलिक्लिनिक संचालकहरुलाई आग्रह गर्नुभयो ।

सो पोलिक्लिनिक ८० लाखको लागतमा संचालन भएको प्रवन्ध निर्देशक सुशिल पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार पोलिक्लिनिकमा विशेषज्ञ डाक्टरहरुको सेवा, चौबिसै घण्टा इमरजेन्सी सेवा, फार्मेसी सेवा, ल्याब, एक्सरे, आँखाको उपचार, दाँत, इसिजि, भिडियो एक्सरे, मुटु, पेट, मानसिक रोग, नाक कान घाँटी सम्बन्धी, बच्चा सम्बन्धी,प्रसुती छाला तथा यौन रोग, पायल्स फिसर फिस्टुला लगायतका विषयमा विशेषज्ञकोहरुको सेवा उपलब्ध हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका