भण्डारीढिकबाट हराएका मुग्रीबेसीका गिरीधारी दवाडी अझै भेटिएनन् – Samacharpati
Samacharpati
शुक्रबार, साउन २३, २०७७
  • होमपेज
  • भण्डारीढिकबाट हराएका मुग्रीबेसीका गिरीधारी दवाडी अझै भेटिएनन्

भण्डारीढिकबाट हराएका मुग्रीबेसीका गिरीधारी दवाडी अझै भेटिएनन्

भण्डारीढिकबाट हराएका मुग्रीबेसीका गिरीधारी दवाडी अझै भेटिएनन्

पोखरा, १७ साउन । मादी गाउँपालिका वडा नं ९ मुग्रीबेसी स्थायी घर भई हाल पोखरा महानगरापलिका वडा नं.२९, भण्ढारढिक आदर्शचोक बस्दै आउनुभएका ६६ वर्षीय गिरीधारी दवाडी हराए पछि परिवारका सदस्य चिन्तित परेका छन् ।

गत साउन ८ गते बिहान ४ बजेदेखि परिवार एवं आफन्तजनको सम्पर्कमा नरहेका दवाडीको खोजी भईरहे पनि हालसम्म कुनै जानकारी पाउन नसकिएको उनका छोरा सुरेन्द्र दवाडीले जानकारी दिनुभयो । सम्भावित सबै ठाउँमा खोजी भईरहेपनि अझै भेट नभएको उहाँले बताउनुभयो ।

परिवार एवं आफन्तजनको सम्पर्कमा नआएपछि प्रहरीमा सोही दिन खबर गर्नुका सम्भाव्य स्थानमा खोजी कार्य जारी राखिएको उहाँले बताउनुभयो । कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा 9846710521, 9806538691, 9841814280 मा खबर गरिदिन परिवारजनले अनुरोध गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका