बिश्व स्तनपान सप्ताह आजदेखि सुरु – Samacharpati
Samacharpati
शुक्रबार, साउन २३, २०७७
  • होमपेज
  • बिश्व स्तनपान सप्ताह आजदेखि सुरु

बिश्व स्तनपान सप्ताह आजदेखि सुरु

बिश्व स्तनपान सप्ताह आजदेखि सुरु

पोखरा, १७ साउन । ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने नारासहित आजदेखि २३ गतेसम्म नेपालले विभिन्न कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाउने भएको छ ।

परिवार कल्याण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालमा ६६ प्रतिशत महिलालेमात्र पूर्ण स्तनपान गराउने गरेको भन्दै यो संख्या वर्षेनि घट्दै गएको पनि जानकारी गराएको छ । कार्यक्रममा परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत रहेको र दुई वर्षसम्म स्तनपान गराउनेको संख्या ८९ प्रतिशत रहेको जानकारी दिनुभयो ।

यस्तै, उहाँले स्तनपान गराउनेमध्ये ८० प्रतिशत महिलाले एक वर्षसम्म स्तनपान गराउने गरेको पाइएको बताउनुभयो । १ प्रतिशत महिलाले भने कहिल्यै स्तनपान नगराउने गरेको पाइएको उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले सन् २०१७ मा गरेको अध्ययनमा छ महिनादेखि दुई वर्षसम्मका ८७ प्रतिशत बालबालिकाले ‘जंक फुड’को प्रयोग गर्ने गरेको देखाएको थियो ।

अध्ययनले बढीजसो शल्यक्रिया गरेर जन्मिएका बालबालिकालाई ‘फर्मुला’ दूध खुवाउने गरेको देखाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका