नेपालमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु – Samacharpati
Samacharpati
शुक्रबार, साउन २३, २०७७
  • होमपेज
  • नेपालमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, १६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका छन् ।

पछिल्लो २४ घण्टामा वीरगन्जका थप तीन जना र ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

र्साका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर २ छपकैयाका ६५ वर्षीय वृद्ध गरी तीन जनाको बिहीबार मृत्यु भएको डा गौतमले पुष्टि गरे ।

त्यस्तै पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया उनको शुक्रबार बिहान ९ मृत्यु भएको मन्त्रालयले जानकारी दिए । यसैबिच काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठामाडौँ उपत्यकाका संक्रमितको ठेगाना भने सरकारले खुलाएको छैन ।

त्यस्तै आज देशभर थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । त्यस्तै शुक्रबार थप १ सय ५१ जनाले कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १४ हजार ३ सय ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप १ सय ५१ जना घर फर्केको जानकारी दिएका हुन् ।

नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढे पनि समुदायस्तरमा भने संक्रमण फैलिन थालेको आशंका बढीरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । मन्त्रालयले सबैलाई सचेत हुन आग्रह गर्दै काठमाडौंमा संक्रमितको संख्या बढिरहेका बेला थप शर्तक रहन मन्त्रालयले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका