प्रहरी प्रधान कार्यालय कार्यरत थप २८ जना प्रहरी कोरोना संक्रमण – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • प्रहरी प्रधान कार्यालय कार्यरत थप २८ जना प्रहरी कोरोना संक्रमण

प्रहरी प्रधान कार्यालय कार्यरत थप २८ जना प्रहरी कोरोना संक्रमण

प्रहरी प्रधान कार्यालय कार्यरत थप २८ जना प्रहरी कोरोना संक्रमण

काठमाडौं, १६ साउन । बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले ओएस नेपालसँग कुराकानी गर्दै बिहिबार साँझ र शुक्रबार बिहानको रिर्पोटमा थप २८ जनामा संक्रमण पुष्टि भएको बताए ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जनामा संक्रमणको पुष्टि भएको उनले बताए । हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा समुदायमा नै संक्रमण फैलिएको आशंकाकाबिच काठमाडौँमा बिहिबार मात्रै ४१ जनामा संक्रमण पुष्टी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका