नौ दिनसम्म पनि हराएका दवाडी फेला नपरेपछि परिवार चिन्तामा – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • नौ दिनसम्म पनि हराएका दवाडी फेला नपरेपछि परिवार चिन्तामा

नौ दिनसम्म पनि हराएका दवाडी फेला नपरेपछि परिवार चिन्तामा

नौ दिनसम्म पनि हराएका दवाडी फेला नपरेपछि परिवार चिन्तामा

पोखरा, १६ साउन । मादी गाउँपालिका वडा नं ९ मुग्रीबेसी स्थायी बसोबास भई पोखरा–२९ भण्ढारढिक आदर्श चोक बस्दै आउनुभएका ६६ वर्षीय गिरीधारी दवाडी हराएको नौ दिनसम्म पनि फेला नपरेपछि परिवारका सदस्य चिन्तामा छन् ।

यही साउन ८ गते बिहान ४.०० बजेदेखि परिवार एवम् आफन्तजनको सम्पर्कमा नरहेका दवाडीको खोजी गरिराखिए पनि हालसम्म कुनै जानकारी पाउन नसकिएको उहाँका छोरा सुरेन्द्र दवाडीले जानकारी दिनुभयो ।

परिवार एवम् आफन्तजनको सम्पर्कमा नआएपछि प्रहरीमा सोही दिन खबर गर्नुका सम्भाव्य स्थानमा खोजी कार्य जारी राखिएको उहाँले बताउनुभयो ।

कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८०६५३८६९१ मा खबर गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका