fbpx

राम्रो कामकाे प्रलोभनमा पारी महिलाहरुलाई होटलमा यौनशोषण गराउँने ३ जना पक्राउ

author

समाचारपाटी

४ महिना अगाडि

पाेखरा । मानव वेचविखन तथा ओसार पसार मुद्दामा ३ जना पक्राउ परेका छन । जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ जाल्पारोड स्थित रहेको काभ्रेली खाजा घरका संचालकले बालिका तथा महिलाहरुलाई होटलमा राम्रो काम लगाईदिन्छु भनि विभिन्न लोभलालच, प्रलोभनमा पारी परपुरुषहरु सँग भेट गराई पोखराका विभिन्न होटलहरुमा लगि यौनशोषण गराउँदै आईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले ३ जना पक्राउ गरेकाे हाे ।

सुरुमा होटलको सरसफाईको काम लगाई दिएको र केही समयपछी राम्रो कमाई हुन्छ भनि विभिन्न लोभलालच, प्रलोभनमा पारी परपुरुषहरु सँग भेट गराई पोखराका विभिन्न होटलहरुमा लगि यौनशोषण गराउँदै आईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

महिलाहरुलाई होटलमा राम्रो काम लगाईदिन्छु भनि विभिन्न लोभलालच, प्रलोभनमा पारी यौनशोषण गराउँदै आईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पाैष १९ गते दिउसाेकाे समयमा सोही खाजाघरबाट महिलाहरुलाई बाहिर लैजान लागेको अवस्थामा १ जना वालिका र २ जना महिलालाई उद्दार गरेकाे छ ।

उक्त कार्यमा संलग्न जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक बस्ने वर्ष २९ को प्रविन गुरुङ, जिल्ला पर्वत स्थायी घर भई हाल जिल्ला काठमाण्डौ शंखमुल बस्ने वर्ष २३ को निर्मल मल्ल र जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा बस्ने वर्ष २६ कोराजेश ठकुरीलाई पक्राउ गरी मानव वेचविखन तथा ओसार पसार सम्बन्धी मुद्दामा चलाएर सम्मानित कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे हाे।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक