दानराज चलचित्रको भद्रकाली मन्दिर परिसरमा शुभ साइत सम्पन्न – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • दानराज चलचित्रको भद्रकाली मन्दिर परिसरमा शुभ साइत सम्पन्न

दानराज चलचित्रको भद्रकाली मन्दिर परिसरमा शुभ साइत सम्पन्न

दानराज चलचित्रको भद्रकाली मन्दिर परिसरमा शुभ साइत सम्पन्न

काठमान्डौँ, १५ साउन । डि.एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण हुने नेपाली कथानक चलचित्रको आज काठमान्डौँको भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ ।

गीतकार शंकर अधिकारी घायलको प्रस्तुती तथा शत्रुघन अन्सारी ,कल्याण रत्न कार्की को निर्माण ,चेतन घिमिरे र सावर अधिकारी को सह निर्माण रहेको चलचित्रको आज शुभ साइत गरिएको हो ।

दानराज चौलागाईं ,सुनिता दहाल, सोनाली ताम्राकार , करुणा श्रेष्ठ ,रबिन श्री, गंगा कुवँर, रबि खड्का ,सागर गुरु चौलागाईं ,तृष्णा खडका ,रमेस डिसि,शत्रुघन अन्सारी ,कल्याण रत्न कार्की मुना कुवर राणा को अभिनय चलचित्रमा रहने भएको छ । सो चलचित्रमा सफलता चौलागाईं ,स्वस्तिक चौलागाईं बालकलाकर भुमीकामा रहने चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।

दानराज चलचित्रमा मा कृष्ण पाण्डेको छायाँकन , देव महर्जन द्धन्द , बिश्वास भण्डारी को सम्पादन ,नृत्य राम केसि र सन्दिप भुजेल को रहने छ ।

प्रकाश सन्तोष पराजुली सहनिर्देशन मुस्कान रेग्मी र राजन श्रेष्ठ को रहनेछ यहि भाद्र १५ गते बाट पुर्वान्चल को धरान तथा रमणिय ठाउमा चलचित्र को छायांकन गरिने सो अवसरमा जानकारी दिइएको छ । चलचित्रमा समावेश गीतमा सुरेश अधिकारी नित्याशिवा , परुषोतम न्यौपाने सन्तोष जिविको रहने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका