नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुग्याे – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुग्याे

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुग्याे

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुग्याे

काठमाडौँ, १४ साउन । बुधबार कोरोना संक्रमणकै कारण नेपालमा थप २ जनाको ज्यान गएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचार गराइरहेका ७० वर्षीय पुरुष र गण्डक अस्पतालमा उपचार गरिरहेका ६८ वर्षीय पुरूष रहेका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायका अनुसार उनीहरुको नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भए लगत्तै आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

चिकित्सकका अनुसार गण्डक अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितमा मुटुको समस्या र नेशनल मेडिकल कलेजमा मृत्यु भएका पुरुषलाई झाडापखालाको समस्या रहेको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाएका अधिकांश मृतकहरुमा कोरोना बाहेक मुटु, किड्नी, झाडापखाला, श्वासप्रश्वस, सुगर, प्रेसर, दम, क्यासर, लगायतका रोगहरुबाट संक्रमित भएकाहरु छन् ।

तर पछिल्ला दिनमा भने समुदायमा कोरोना फैलिदै जाँदा मृतकको संख्या पनि बढ्दो छ । जसका कारण उच्च शर्तकता अपनाउन आवश्यक रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका