पर्सामा कोरोनाबाट एक जनाको मृत्यु – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • पर्सामा कोरोनाबाट एक जनाको मृत्यु

पर्सामा कोरोनाबाट एक जनाको मृत्यु

पर्सामा कोरोनाबाट एक जनाको मृत्यु

पर्सा, १४ साउन । कोरोनाका कारण पर्सामा थप एक जनाको ज्यान गएको छ । ज्यान जानेमा वीरगन्ज वडा नम्बर ७ निवासी ६८ वर्षका वृद्ध रहेका छन् । उनको वीरगञ्जस्थित नारायणी अस्पताल, अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

वृद्धको एक सातापछि आज मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । यो सहित पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । त्यस्तै नेपालमा कोरोना कारण यो सँगै ज्यान जानेको संख्या ५० पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका