गण्डकी प्रदेशमा ३ मन्त्रालय थप्ने सोचमा मुख्यमन्त्री गुरुङ – Samacharpati
Samacharpati
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा ३ मन्त्रालय थप्ने सोचमा मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशमा ३ मन्त्रालय थप्ने सोचमा मुख्यमन्त्री गुरुङ

भौतिक पुर्वाधार तथा विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय फोर्ने निश्कर्ष

गण्डकी प्रदेशमा ३ मन्त्रालय थप्ने सोचमा मुख्यमन्त्री गुरुङ

पोखरा, १४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय थप्ने सोच बनाउनुभएको छ । प्रदेशमा ३ मन्त्रालय थप्ने योजना रहेको गुरुङले बताउनुभयो । गण्डकी प्रदेशमा अहिले ७ मन्त्रालय छन् । बैधानिक रुपमा गण्डकी प्रदेशले १२ वटासम्म मन्त्रालय बनाउन सक्छ ।

एउटै मन्त्रालयले धेरैतिर हेर्नुपर्दा काम प्रभावकारी नभएको र पुजिगत खर्च पनि सोचेअनुसार हुन सकेको छैन । ३ वटा मन्त्रालय फुटाउने कुराको जानकारी गराउन मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठ्माण्डौमा हुनुहुन्छ ।

गुरुङले प्रधानमन्त्रीसंग १० वटा मन्त्रालय बनाउने प्रस्ताव राख्ने जानकारी दिनुभयो । भौतिक पुर्वाधार तथा विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय फोर्ने निश्कर्षमा आफु पुगेको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

१२ वटासम्म मन्त्रालय बनाउने अधिकार आफ्नै भएपनि जेन्टलमेन निर्देशन र सहमतिको लागि आफुले प्रधानमन्त्रीलाई सोध्न लागेको मुख्यमन्त्री गुरुङले जानकारी दिएको समाचार आजको समाधान दैनिकमा भरत कोइरालाले लेख्नुभएको छ ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका