पाेलमा चढेर केवुल नेटवर्ककाे तार जडान गर्ने क्रममा करेन्ट लागेर यी युवाकाे गयाे ज्यान – Samacharpati Samacharpati पाेलमा चढेर केवुल नेटवर्ककाे तार जडान गर्ने क्रममा करेन्ट लागेर यी युवाकाे गयाे ज्यान – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • पाेलमा चढेर केवुल नेटवर्ककाे तार जडान गर्ने क्रममा करेन्ट लागेर यी युवाकाे गयाे ज्यान

पाेलमा चढेर केवुल नेटवर्ककाे तार जडान गर्ने क्रममा करेन्ट लागेर यी युवाकाे गयाे ज्यान

पाेलमा चढेर केवुल नेटवर्ककाे तार जडान गर्ने क्रममा करेन्ट लागेर यी युवाकाे गयाे ज्यान

लमजुङ, १३ साउन । सुन्दरबजार नगरपालिकाकाे भाेटेओडारमा बिजुलीकाे पाेलमा चढेर काम गर्दै गरेका एकजना युवाकाे करेन्ट लागेर ज्यान गएकाे छ।

सुन्दरबजार ९ भाेटेओडार स्थित भक्तिनमुना मावि नजिकै साेमबार बिजुलीकाे पाेलमा चढेर केवुल नेटवर्ककाे तार जडान गर्ने क्रममा करेन्ट लागेपछि दाेदी गाउँपालिका २ अर्चलबाेटका २७ वर्षीय भविष्य भुजेलकाे ज्यान गएकाे हाे।

काम गरिरहेकाे अवस्थामा बिजुलीकाे नाङ्गाे तारमा छाेईए पछि करेन्टकाे झट्काले उनलाई भुँईमा फ्याँकिदिएकाे पछि उनी घाईते भएकाे प्रहरीले जनाएकाे छ।

दिउँसाे ४ः४० मा उनी घाईते भएपछि उपचारकाे लागि सुन्दरबजार स्थित कर्मदा अस्पतालमा लगिएकाे र प्रारम्भिक उपचार लगत्तै थप उपचारका लागि बेसीशहर स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याईएकाेमा उपचारकै क्रममा डाक्टरले उनलाई मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए। भुजेलकाे शवकाे आज पाेष्टमार्टम गरिने पनि उनले बताएका छन्।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका