मणिपाल अस्पतालमा कार्यरत डाक्टरमा काेराेना संक्रमण पुष्टि – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७
  • होमपेज
  • मणिपाल अस्पतालमा कार्यरत डाक्टरमा काेराेना संक्रमण पुष्टि

मणिपाल अस्पतालमा कार्यरत डाक्टरमा काेराेना संक्रमण पुष्टि

मणिपाल अस्पतालमा कार्यरत डाक्टरमा काेराेना संक्रमण पुष्टि

पोखरा, १२ साउन । पोखरामा सोमबार कोरोना संक्रमण पुष्टि भएका २ जना मध्ये एक जना मणिपाल अस्पतालमा कार्यरत डाक्टर रहेको खुल्न आएकाे छ ।

कन्ट्याक्ट ट्रेसिंङका  क्रममा मणिपाल अस्पतालबाट स्वाव संकलन गरिएका एक डाक्टरमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशानलय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन। संक्रमण पुष्टि भएका डाक्टरको बारेमा थप जानकारी लिदै गरेको र कन्ट्रयाक्ट ट्रेसिंङको  कार्य शुरु गरिएको शर्माले बताएका छन  ।

उनको आइतबार स्वाव संकलन गरिएकोमा आज नतिजा पोजेटिभ आएको शर्माले बताएका छन । उनलाई अहिले  गण्डकी अस्पतालको आइसोलेसनमा ल्याइएको छ ।

सोमबार संक्रमण पुष्टि भएका अर्का व्यक्ति भने पोखरा महानगर १० का बासिन्दा रहेको स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेलले बताएका छन । उनको ट्राभल हिस्ट्री नभएको जानकारी आएको बताउँदै पौडेलले कन्ट्याक्ट ट्रेसिंङ् कार्य शुरु गर्न लागिएको जनाएका छन ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका