भारतमा ५० हजार ५२५ काेराेना संक्रमित भेटिएपछि अवस्था झनै भयाभह बन्दै – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • भारतमा ५० हजार ५२५ काेराेना संक्रमित भेटिएपछि अवस्था झनै भयाभह बन्दै

भारतमा ५० हजार ५२५ काेराेना संक्रमित भेटिएपछि अवस्था झनै भयाभह बन्दै

भारतमा ५० हजार ५२५ काेराेना संक्रमित भेटिएपछि अवस्था झनै भयाभह बन्दै

काठमाडौं, १२ साउन । करिब ७ महिनादेखि विश्वभर फैलिएको कोरोना संक्रमणबाट भारतमा अहिले महामारी नै चलेको छ । भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड राख्दै एकैदिन ५० हजार ५२५ संक्रमित फेला परेका छन् ।

जुन अहिलेसम्मकै सर्वाधिक हो । यसअघि लगातार ३ दिनसम्म ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको वल्डोमिर्टसले जनाएको छ ।

आइतबार, शनिबार र शुक्रबार लगातार ४८ हजारभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो २४ घण्टामा त्यो रेकर्डलाई पनि उछिन्दै भारतमा ५० हजार ५२५ संक्रमित भेटिएपछि अवस्था झनै भयाभह बन्दै गएको छ ।

वल्डोमिर्टसका अनुसार भारतमा कुल संक्रमित संख्या १४ लाख ३६ हजार १९ पुग्दा ९ लाख १८ हजार ७३५ संक्रमणमुक्त भएका छन् भने ४ लाख ८४ हजार ४७४ जनाले उपचार गराइरहेका छन् ।

पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट ७१४ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ हजार ८१० पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका