अभिनब चौहान र निरु आचार्यकाे स्वर रहेकाे माैलिक तिज गीत बजारमा–Samacharpati
Samacharpati
मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • अभिनब चौहान र निरु आचार्यकाे स्वर रहेकाे माैलिक तिज गीत बजारमा

अभिनब चौहान र निरु आचार्यकाे स्वर रहेकाे माैलिक तिज गीत बजारमा

अभिनब चौहान र  निरु आचार्यकाे स्वर रहेकाे माैलिक तिज गीत बजारमा

सुजन न्याैपाने, ११ साउन ।  नजिकै आइरहेको हरितालीका तिजको अवसर पारेर तिज गित बजारमा आउने क्रम जारी छ । यस सगैँ निरु आचार्य को नयाँ तीजको गित बजारमा आएको छ ।

सम्झना डिजिटल मार्फत तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । उक्त गीतमा अभिनब चौहानको को शव्द तथा कृष्ण लामिछाने को संगित रहेको मौलिक तिज गीतको म्युजिक भिडियो बजारमा आएको हो ।

गितमा गायक अभिनब चौहान र गायिका निरु आचार्यको आवाज रहेको छ । सुमन सागर जङ्ग के सि को निर्देशनमा तयार भएको आमाले किन्दिएको पछ्यौरी गीतको भिडियोलाई गोकुल अधिकारीले छायांकन गर्नु भएको हो ।

त्यस्तै, चर्चित कलाकार सलिना नेपाली , अभिनब चौहान , प्रिजम खनाल ,तेजेन्द्र समशेर पाण्डे को दमदार अभिनय रहेको छ । सम्झना डिजटल मिडियाको आधिकारिक युट्यूब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ ।

पछिल्लो समय परम्परा अनुसार मौलिक गीत ओझेलमा पर्दै गएपछि विगतका झल्को मेटाउनको लागि यस गीत बजारमा ल्याएको निर्माता सुभाष ज्ञवालीले बताउनु भयो । गायिका आचार्य यस अघि पनि थुप्रै साहित्य तथा सामाजिक कार्यमा लाग्नुभएको थियो । यस पालि यस गितले राम्रो चर्चा पाउने आशा ज्ञवालीको रहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका