''नारी''(कविता) – Samacharpati
Samacharpati
शनिबार, मंसिर १३, २०७७

”नारी”(कविता)

”नारी”(कविता)

वर्षा कार्की, स्याङ्जा, ८ साउन ।

कहिले छाेरी, कहिले बुहारी त कहिले आमा बन्छन् नारी ।

परिवारकाे सारा बाेझ बाेकि  मुहारमा हासाे अघि सारी ।

भनिन्छ नारी सबैकाे घरकाे भविष्य र हुन् कर्णाधार,

तर पनि किन थिचाे मिचाे गरी लुकाइएकाे नारीकाे अधिकार ।

बाेकेर वेदना पिर र अत्याचारकाे भारी,

पिजडामा थुनिएकाे चरा बनेकी छन् नारी ।

नारी माथि हिंसा गर्नुहुदैन् भन्ने चेतना जगाऔँ ।

नारीलाई माया , सम्मान, शिक्षा दिने एउटा संसार बनाउँ ।

अझै पनि गर्छन् नारी र पुरूष माथि भेदभाव,

घर परिवार र अहमवादी पुरूषकाे नारी माथिकाे दबाब ।

नारी हिंसा अन्तय गराैँ, कुसंस्कारकाे पर्खाल नागी

आफ्नाे हक समानताकाे लागि लड्न सिक्नुपर्छ नारी ।

सबैजना एक भएर नारी माथिकाे भेदभाव अनत्य गराैँ ।

नारीकाे हक, अधिकार बाट नारीलाई पछाडि नपाराैँ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका