स्थगित परिक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले अपनायो यस्तो विधि–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • स्थगित परिक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले अपनायो यस्तो विधि

स्थगित परिक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले अपनायो यस्तो विधि

स्थगित परिक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले अपनायो यस्तो विधि

काठमाडौं, ४ साउन । कोरोना भाइरसको कहरका कारण सञ्चालन हुनुपर्ने विभिन्न परिक्षाहरु अहिले स्थागित छन् । त्रिभुवन विश्वविद्यालयले गत चैत महिनाबाट लिनुपर्ने परिक्षाहरु अहिलेसम्म पनि सञ्चालन हुन सकेका छैनन् । यसै बिच त्रिविले आगामी असाेज महिनाभन्दा अगाडी नै सम्पूर्ण स्थगित परिक्षाहरुलाई दुई विधिबाट सञ्चालन गर्ने सुचना जारी गरेको छ ।

विश्वविद्यालयको सुचनाका अनुसार विद्यार्थीहरुले अनलाइन वा परिक्षा केन्द्रमै पुगेर परिक्षा दिन पाउने गरि परिक्षा सञ्चालन हुने छ । त्रिविअन्र्तर्गत रहेका समेस्टर प्रणालीका कतिपय परिक्षालाई परिक्षा केन्द्रबाटै लिने र कतिपयलाई अनलाइनबाटै लिने गरि तयारी गरिएको त्रिविको परिक्षा नियन्त्रण शाखाले जनाएको छ ।

त्यस्तै, वार्षिक प्रणालीमा रहेका परिक्षाहरुलाई भने परिक्षा केन्द्रमै उपस्थित भएर परिक्षा दिनुपर्ने त्रिविले जनाएको छ । अनलाइनबाट परिक्षा लिन केही असहज देखिएकाले वार्षिक प्रणालीका विद्यार्थीहरुको परिक्षा परिक्षा केन्द्रमै गएर भौतिक रुपमा लिनुपर्ने बताएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका