पहिराेकाे कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • पहिराेकाे कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

पहिराेकाे कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

पहिराेकाे कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

बेनी, ४ साउन । अविरल वर्षाका कारण आएको बाढीको कटानले एकातर्फको भाग गत असार २६ गते बिहान भत्किएपछि ढलेको राहुघाट खोलाको बेलिब्रिज मर्मत नहुँदा बेनी जोमसोम सडकमा नौ दिनदेखि सवारी सञ्चालन हुन सकेको छैन ।

मुस्ताङका लागि हवाइ अनि बेनी जोमसोम सडक मार्ग नै बाह्य क्षेत्रसँग जोड्ने माध्यम हो । हवाइ यातायातसमेत ठप्प भएको वर्तमान अवस्थामा स्थल मार्गको एक मात्रै रुट बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएपछि आवतजावतमा समेत समस्या भएको छ ।

कोरोना भाइरसको कारणले लकडाउनको अवस्था रहेको भएपनि अत्यावश्यक सामग्री तथा एम्बुलेनस लगायतका यातायातका साधनसमेत चल्न सकेका छैनन् । बेनी नगरपालिका–९, गलेश्वर र रघुगङ्गा गाउँपालिका–३, पिप्ले जोड्ने पुल गत असार २६ गते बिहान राहुघाट नदीले भत्काएको थियो ।

नेपाली सेनाले खोलेको पाइलट ट्रयाक निर्माणको क्रममा सेनाले बनाएको उक्त बेलिब्रिजलाई जोगाउन पक्की लठोले अड्याएको भए पनि त्यसलाई सवारी सञ्चालन गर्ने अवस्था बनाउनका समय लाग्छ । बाढीले एकापट्टीको भाग भत्काएकाले त्यहाँ रहेको पुलले नपुग्ने मुस्ताङका प्रदेशसभा सांसद चन्द्रमोहन गौचन बताउनुहुन्छ ।

नेकपा मुस्ताङका अध्यक्षसमेत रहनुभएका गौचनले पुलको स्थलगत अनुगमनपछि भन्नुभयो, बेनी–जोमसोम सडक आयोजनाले जति सक्यो चाँडो पुल मर्मत गरेर सवारी सञ्चालनको व्यवस्था गर्नुपर्छ । मुस्ताङ तथा उत्तरी म्याग्दीका बासिन्दाहरूका लागि पनि खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको ढुवानीमा यसले समस्या पारेको छ ।’गोरखापत्र दैनिकमा खबर छ ।

म्याग्दी र मुस्ताङको सीमाना रहेको घोप्टेभीरमा पनि पहिरोले गर्दा सडक अवरुद्ध भएको छ । उक्त पहिरो हटाएर सडक निर्माणका लागि नेपाली सेना, नेपाल प्रहरी, सडकले प्रयास गरिरहेका छन् भने स्थानीय युवा क्लब, आमा समूहले पनि जनश्रम तथा अन्य सहयोग गरेको मुस्ताङका प्रतिनिधि सभा सदस्य प्रेम तुलाचनले बताए ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका