९ वर्षीय बालककाे सुनसरी खोलामा डुबेर मृत्यु–Samacharpati
Samacharpati
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • ९ वर्षीय बालककाे सुनसरी खोलामा डुबेर मृत्यु

९ वर्षीय बालककाे सुनसरी खोलामा डुबेर मृत्यु

९ वर्षीय बालककाे सुनसरी खोलामा डुबेर मृत्यु

काठमाडौं, २ साउन सुनसरी, रामधुनी नगरपालिका -८ बस्ने अलाउदिन शेखको ९ वर्षीय छोरा अमिर शेखको सोही ठाउँस्थित सुनसरी खोलामा डुबेर मृत्यु भएको छ।

गत सोमबार पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएकोमा प्रहरी चौकी डुम्राहाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा भोक्राहा नर्सिङ ४ स्थित सुनसरी खोलाको किनारमा बिहीबार दिउँसो उनको शव फेला पारेको हो ।

बाँके, नरैनापुर गाउँपालिका-४ खुदवास्थित नहरमा डुबेर सोही ठाउँ बस्ने प्रदिप कुमार भुजुवाको १० वर्षीया छोरी लक्ष्मी देवी भुजुवाको बिहीबार साँझ मृत्यु भएको छ ।

नहरमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको हो । बारा, सिम्रौनगढ नगरपालिका-८ कचोर्वा बस्ने संजय साहको ४ वर्षीय छोरा संदिप साहको घर अगाडि रहेको कुलोमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका