गैँडाकोटमा ५ सुरक्षाकर्मी सहित १८ जनामा कोरोना पुष्टि, उक्त क्षेत्र गरियाे सिल – Samacharpati Samacharpati गैँडाकोटमा ५ सुरक्षाकर्मी सहित १८ जनामा कोरोना पुष्टि, उक्त क्षेत्र गरियाे सिल – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • गैँडाकोटमा ५ सुरक्षाकर्मी सहित १८ जनामा कोरोना पुष्टि, उक्त क्षेत्र गरियाे सिल

गैँडाकोटमा ५ सुरक्षाकर्मी सहित १८ जनामा कोरोना पुष्टि, उक्त क्षेत्र गरियाे सिल

गैँडाकोटमा ५ सुरक्षाकर्मी सहित १८ जनामा कोरोना पुष्टि, उक्त क्षेत्र गरियाे सिल

प्रकास ढकाल, नवलपुर, २ साउन । नवलपुरको गैँडाकोटमा ५ सुरक्षाकर्मी सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उक्त क्षेत्र सिल गरिएको छ । कोरोना संक्रमण देखिनेहरुमा गैडाकोट नगरपालिका वडा नंं.१ का १ जना, वडा नं. २ का १० जना, वडा नं. ४ का २ जना वडा नं. ५ का १ जना, वडा नंं. ६ का १ जना र वडा नं ८ का ३ जना रहेको जिल्ला स्वास्थ्य प्रमुख केशव प्रसाद चापागाईले बताए ।

जिल्ला स्वास्थ्य प्रमुख केशव प्रसाद चापागाईका अनुसार उनीहरुको नमूना स्वाव हेटौडा प्रयोगशालामा परीक्षण गर्दा ५ महिला सहित १८ जनामा कोरोना पुष्टि भएसँगै अहिले सिल गरिएको क्षेत्रमा लामो दुरीका सवारीहरुलाई रोक्न र यात्रु चढाउन नदिइ संचालनमा ल्याइएको छ भने छोटो दुरीका सवारीहरु ठप्प छन् भने उद्योग कलकारखाना सबै ठप्प छन् ।

नगर क्षेत्रमा परीक्षणको दायरालाई बढाउदै लगिएको र सोही क्रममा संचारकर्मी, सुरक्षाकर्मीहरुको पनि स्वाव परीक्षण गर्दा कोरोना देखा परेको जिल्ला स्वास्थ्य प्रमुख चापागाईले बताए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका