लकडाउनको १ सय १४ दिन – Samacharpati
Samacharpati
शुक्रबार, साउन २३, २०७७

लकडाउनको १ सय १४ दिन

लकडाउनको १ सय १४ दिन

पोखरा, ३१ असार । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) अनौपचारिक रुपमा अझै कायम रहेको छ । सरकारले लकडाउन घोषणा गरेको आज १ सय १४ औं दिन पुगेको छ ।

हाल जारी खुकुलो लकडाउनको मोडालिटीलाई नै सरकारले आगामी साउन ७ सम्म निरन्तरता दिने घोषणा गरिसकेको छ । साउन ७ सम्म हवाई उडान र अन्तराष्ट्रिय सीमा नाका बन्द रहने सरकारले घोषणा गरेको छ । सरकारले गत चैत्र ११ गते पहिलोपटक लकडाउन घोषणा गरेको थियो भने असार १ देखिनै नयाँ मोडालिटी अनुसार लकडाउन खुकुलो बनाएको थियो ।

लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढेको छ । सरकारले लकडाउन खुकुलो बनाएपछि नेपालले संक्रमणको गति तीब्र भएका बेला अब कसरी लकडाउन ह्याण्डल गर्छ भन्नेमा धेरैको चासो रहेको छ । स्वास्थ्य विज्ञहरुले भने संक्रमण उचाईमा पुग्न लागेकाले थप सर्तक हुनुपर्ने बताइरहेका छन्न्। अहिले प्रायः बजार खुलेपनि बजारमा उपयुक्त सुरक्षा मापदण्ड र पैदल यात्रीले पनि आवश्यक सुरक्षा नअपनाउँदा संक्रमण थप भयावह हुन सक्ने भन्दै चिन्ता पनि बढेको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा ३८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर १७ हजार नाघेको छ । लकडाउन खुलेसँगै बजारमा बढ्दो चहलपहल र आवश्यक सुरक्षा मापदण्ड पालना नहुँदा थप भयावह अवस्था आउन सक्ने त्रासमा सर्वसाधारण रहेका छन् । सरकारले लकडाउन जारी राख्न चाहेपनि लकडाउनले जनताको दैनिक जीवन नै संकटतर्फ उन्मुख भएको भन्दै विरोध बढेपछि सरकार लकडाउन खुकुलो बनाउन बाध्य भएको थियो ।

लकडाउनमात्र सरकारले विकल्पका रुपमा लिएकोमा धेरैले आलोचना पनि गरिरहेका थिए । दिनहुँ संक्रमित थपिने क्रममा तीब्रता आएको छ । यस्तै काठमाडौं बाहिर रहेकाहरु धमाधम काठमाडौं भित्रिन थालेपछि सरकारलाई थप समस्या परेको छ । काठमाडौंमा बाक्लो जनसंख्या रहेकाले पनि सरकारको चिन्ता बढाएको हो । सरकारले नै संक्रमण उचाईमा पुग्न सक्ने भन्दै सुरक्षा मापदण्ड पालना, समाजिक दूरी कायम र अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन आग्रह गरिरहेको छ ।

गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राऊ गर्ने निर्देशन दिएको छ । घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । सोमबार जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गर्दै गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेर सवारी साधन, हवाई सेवा, अन्तर्राष्ट्रिय सिमाना बन्द र अत्यावश्यक कामबाहेकमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका