प्रदेश प्रमुख अधिकारी गए रानाभाट निवास – Samacharpati
Samacharpati
शुक्रबार, साउन २३, २०७७
  • होमपेज
  • प्रदेश प्रमुख अधिकारी गए रानाभाट निवास

प्रदेश प्रमुख अधिकारी गए रानाभाट निवास

प्रदेश प्रमुख अधिकारी गए रानाभाट निवास

पोखरा, ३१ असार । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ ले काँग्रेस पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट र कास्की काँग्रेस सचिव देवेन्द्र रानाभाटकी ममतामयी माता खिमकुमारी रानाभाटको निधन भएकोमा दुःख व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख अधिकारी मङ्गलबार पोखरा २६ स्थित साँघुकोमुखमा रहेको रानाभाट निवासमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

प्रजातन्त्र सेनानी स्व.नारायणदत्त रानाभाटकी धर्मपत्नी खिमकुमारीको एक सय वर्षको उमेरमा साउन २३ गते निधन भएको थियो।

तारानाथ रानाभाट, देवेन्द्र रानाभाटसहित खिलेन्द्र रानाभाट र सुरेन्द्र रानाभाट छोरा हुन्। खिमादेवी रानाभाट र शोभाकुमारी रानाभाट छोरी हुन् ।

रानाभाट परिवारलाई समवेदना व्यक्त गर्न विभिन्न दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक, र आफन्तको घुइचो लाग्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका