आज विश्व युवा दक्षता दिवस मनाइदै – Samacharpati
Samacharpati
शुक्रबार, साउन २३, २०७७
  • होमपेज
  • आज विश्व युवा दक्षता दिवस मनाइदै

आज विश्व युवा दक्षता दिवस मनाइदै

आज विश्व युवा दक्षता दिवस मनाइदै

पोखरा, ३१ असार । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाइन्छ ।

विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो भनेर नभुलौँ है । बेरोजगारी नेपालको मात्र नभई विश्व अर्थतन्त्रकै समस्या रहेको कुरा पनि यसले उजागर गराइदिएको छ ।

वयस्कहरुभन्दा युवाहरु बेरोजगार रहने सम्भावना तीन गुणाले बढी रहेको तथ्याकंहरुले देखाउँछ । बेरोजगार मात्र होइन, उनीहरुले रोजगार पाइहाले पनि निम्न गुणस्तरको काम पाउने र काममा असुरक्षा र असमानता हुने गरेको पाइएको छ । अझ युवतीहरु बेरोजगार रहने सम्भावना झनै बढी छ । पाएको रोजगारबाट उनीहरुले धेरै नै कम तलब पाउछन् र अस्थायी काममै चित्त बुझाउने गर्दछन् ।

अहिले विश्व भर फैलिएको कोरोना भाइरसका कारण अझै धेरै युवाहरु दक्ष भएपनि बेरोजगार बन्ने समस्या आउन सक्छ । अहिले हरेक राष्ट्रको चुनौती युवासंग भएको क्षमता र उनिहरुको योग्यतालाई कसरी उपयोग गर्ने भन्ने रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका