अमेरिकाको क्यालिफोर्निया राज्यमा फेरि लकडाउन – Samacharpati
Samacharpati
मङ्लबार, साउन २०, २०७७
  • होमपेज
  • अमेरिकाको क्यालिफोर्निया राज्यमा फेरि लकडाउन

अमेरिकाको क्यालिफोर्निया राज्यमा फेरि लकडाउन

अमेरिकाको क्यालिफोर्निया राज्यमा फेरि लकडाउन

काठमाडौं,  ३० असार । कोरोना भाइरसका कारण सबैभन्दा प्रभावित रहेको देश अमेरिकाको क्यालिफोर्निया राज्यमा फेरि लकडाउनका केही प्रतिबन्धहरु लगाइएको छ ।

पछिल्ला दिनहरुमा लगातार कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै क्यालिफोर्निया राज्यमा फेरि लकडाउन लगाइएको हो । त्यहाँको सरकारले व्यवसाय र सार्वजनिक स्थलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

बिबिसीका अनुसार अमेरिकाको सबैभन्दा धेरै मानिस रहेको क्यालिफोर्निया राज्यमा त्यहाँको सरकारले सोमबार रेष्टुरेन्ट, बार, मनोरञ्जन स्थल, चिडियाखाना र संग्रहालयहरु पनि बन्द गराउने आदेश दिएको छ । त्यस्तै, चर्च, जिम र हेयरड्रेसर लगायतका व्यवसायहरु पनि बन्द गर्ने घोषणा गरिएको छ ।

हालसम्म क्यालिफोर्निया क्षेत्रमा तीन लाख ३० हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् भने कुल सात हजारभन्दा धेरैको मृत्यु भईसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका