सुन्दर यातायात प्रालीले भोलिदेखि बिजुली बस संचालन गर्ने – Samacharpati
Samacharpati
मङ्लबार, साउन २०, २०७७
  • होमपेज
  • सुन्दर यातायात प्रालीले भोलिदेखि बिजुली बस संचालन गर्ने

सुन्दर यातायात प्रालीले भोलिदेखि बिजुली बस संचालन गर्ने

सुन्दर यातायात प्रालीले  भोलिदेखि बिजुली बस संचालन गर्ने

काठमाण्डौँ, २९ असार । सुन्दर यातायात प्रालीले भोलिदेखि बिजुली बस संचालन गर्ने भएको छ । नेपालमा बिजुली बस सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रालीले आज प्रेस विज्ञप्ति निकाल्दै कम्पनीले सरकारको निर्णय अनुसारदेखि बस सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

विज्ञप्तिमा पुरानै भाडादरमा सेवा दिने उल्लेख गरिएको छ । ‘सरकारले लिने भनेको थप ५० प्रतिशत भाडा नलिइ पुरानै भाडामा यात्रा गराउने समेत व्यहोरा अवगत गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।

यात्रुहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्यानिटाइजर, मास्क उपलब्ध गराइने पनि प्रालीले जनाएको छ । त्यस्तै चालक र सहचालकको हकमा छुट्टै पन्जा सेनिटाइजर, पिपिइ र बुटको व्यबस्था गरी सुरक्षा सहित बस सेवा संचालन गनेस् जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका