स्याङ्जामा पहिराे जादाँ लाखाैँकाे क्षति – Samacharpati
Samacharpati
मङ्लबार, साउन २०, २०७७
  • होमपेज
  • स्याङ्जामा पहिराे जादाँ लाखाैँकाे क्षति

स्याङ्जामा पहिराे जादाँ लाखाैँकाे क्षति

स्याङ्जामा पहिराे जादाँ लाखाैँकाे क्षति
source:aandhikholaexpress

स्याङ्जा, २९ असार । यस बर्षको मनसुन भित्रिएसँगै देशका विभिन्न भूभागमा यतिबेला बर्षा सुरु भएको छ । केहि दिन देखि परेकाे अबिरल वर्षाका कारण नेपालका विभिन्न ठाउँमा बाढि पहिराे गएकाे छ ।

बर्षाका कारण केही स्थानमा बाढी, डुबान र पहिरोको उच्च जोखिम पनि बढ्दै गएको छ । त्यस्ता खालका जोखिमबाट आम नागरिकको जीवन रक्षाका लागि असार १ गतेबाट बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा सुरु गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

लमजुङ, पोखरा महानगरपालिका सराङकोट, हेम्जा र पैतलेडाँडा,रुकुम पश्चिम , तनहुँ, जाजरकोट, दोलखा, गुल्मी,सिन्धुपाल्चोक,  विभिन्न जिल्लामा बाढी पहिराेले ठुलाे क्षति पुराएकाे छ ।

त्यसैगरि स्याङ्जा जिल्ला पुतलि नगरपालिका १ घुम्ती नजिकै पहिराे खस्दा एक वर्कसप पहिराेले बगाएकाे छ । जिल्लाका विभिन्न ठाउँमा पहिराे जादाँ लाखाैँकाे क्षति पुगेकाे छ ।

मानविय क्षति भने खासै नभएकाे पशु चाैपाय र वर्कसपमा भने पहिराेले बगाएकाे छ । पहिराेकाे  खसेकाे सडक  छेउ घरका    बुद्धिराम नेपालि भने पहिराेमा परि सामान्य घाइते भएका छन् ।

घाइते नेपालिकाे जिल्ला अस्पतालमा उपचार  भइरहेकाे छ । पहिराेले ग्यारेजमा रहेकाे दर्जनाै माेटरसाइकल पुरेकाे छ । हरिनास गाउँपालिका ४ चित्रमा  लद्रबहादुर रानाकाे घर र गाेठ पुरिदा भैसी र पाडाे मरेकाे  जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी नायव निरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानाकारी दिएका छन् ।

पहिराेका कारण भिरकाेट नगरपालिका १ हेलु स्थीत सिद्धार्थ राजमार्ग अबरूद्ध छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका