साउन १५ भित्रमा एसईईको नतिजा प्रकाशन गर्ने राष्ट्रिय परिक्षा बोर्डकाे निर्णय – Samacharpati
Samacharpati
मङ्लबार, साउन २०, २०७७
  • होमपेज
  • साउन १५ भित्रमा एसईईको नतिजा प्रकाशन गर्ने राष्ट्रिय परिक्षा बोर्डकाे निर्णय

साउन १५ भित्रमा एसईईको नतिजा प्रकाशन गर्ने राष्ट्रिय परिक्षा बोर्डकाे निर्णय

साउन १५ भित्रमा एसईईको नतिजा प्रकाशन गर्ने राष्ट्रिय परिक्षा बोर्डकाे निर्णय

काठमाडौं, २९ असार । राष्ट्रिय परिक्षा बोर्डले साउन १५ भित्रमा एसईईको नतिजा प्रकाशन गर्ने भएको छ । परिक्षा बोर्डका अनुसार आगामी साउन १५ भित्रमा एसईईको नतिजा प्रकाशन गर्न लागिएको शो । बोर्डले हालसम्म ३ लाख विद्यार्थीको परिक्षाफ इन्ट्री गरिसकिएको बताएको छ ।

बोर्डका अनुसार विद्यालयले जिल्ला शिक्षा समन्वय इकाइमा पठाएको नम्बर जिल्ला जिल्लाबाट इन्ट्री भइरहेको छ । हालसम्म ३ लाख इन्ट्री भइसक्दा ३० प्रतिशत नम्बर बाँकी रहेको बोर्डले जनाएको छ ।

यस वर्ष कोरोना संक्रमणका कारण एसईई स्थगीत भएको थियो । देशभरबाट कुल ४ लाख ७२ हजार ७ सय ७ जनाले एसईई दिनेवाला थिए । स्थगीत भएसँगै अहिले विद्यालयको मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका