लमजुङमा पहिराले रानीपानी र लामासोतीका २७ घर विस्थापित – Samacharpati
Samacharpati
मङ्लबार, साउन २०, २०७७
  • होमपेज
  • लमजुङमा पहिराले रानीपानी र लामासोतीका २७ घर विस्थापित

लमजुङमा पहिराले रानीपानी र लामासोतीका २७ घर विस्थापित

लमजुङमा पहिराले रानीपानी  र लामासोतीका २७ घर विस्थापित

लमजुङ, २९ असार । अविरल वर्षाले मध्य नेपाल नगरपालिका–६ का दुई घर पहिराले बगाएको छ । पहिराले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीयवासी रामचन्द्र पौडेलले बताउनुभयो ।

त्यस्तै शिरमणि भट्टराई, दीपेश भट्टराई, एकमाया दुरा र हरिमाया परियारको घर पहिराले पुरेको स्थानीयवासी पौडेलको भनाइ छ । एक्साभेटरले पहिरो हटाउने कार्य गरिरहेको छ ।

सो वडास्थित रानीपानीका १३ घर र लामासोतीका १४ घर गरी २७ घर विस्थापित भएको प्रहरीले जनाएको छ । उनीहरुलाई सोही वडाको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ ।

सो क्षेत्रका विभिन्न घर तथा बस्ती जोखिममा रहेको र विभिन्न स्थानमा बाढीपहिराले क्षति पुगेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो ।

सो क्षेत्रमा प्रहरी र स्थानीयवासी मिलेर स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेको उहाँको भनाइ छ । सो क्षेत्रका गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलाडीखोलामा आएको बाढीले विभिन्न स्थानमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका