पहिरोबाट मृत्यु भएका लम्जुङका मृतकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग – Samacharpati Samacharpati पहिरोबाट मृत्यु भएका लम्जुङका मृतकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • पहिरोबाट मृत्यु भएका लम्जुङका मृतकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग

पहिरोबाट मृत्यु भएका लम्जुङका मृतकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग

पहिरोबाट मृत्यु भएका लम्जुङका मृतकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग

लमजुङ, २७ असार । अविरल वर्षाले घरभित्र पहिरो पस्दा मृत्यु भएका बेँसीशहर नगरपालिका­ -७ सातबिसेका दिपक तामाङको परिवारलाई तीन लाख रुपैयाँ राहतस्वरुप सहयोग गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति लमजुङले राहतस्वरुप रु तीन लाख मृतकका परिवारलाई आज सहयोग गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मृतक दिपकको बुबा हर्कबहादुर तामाङलाई रकम हस्तान्तरण गर्नुभयो ।

आफ्नो परिवार गुमाउदा ठूलो चोट पुगेपनि सरकारले दिएको राहतले केही सान्त्वना मिलेको मृतकका बुबा हर्कबहादुरको भनाइ छ ।

मृतक छोरा बुहारी र नातिको काजकीरिया गर्नका लागि केही सहयोग पुग्ने उहाँको भनाइ छ । अविरल वर्षाले घरमाथिबाट पहिरो पस्दा एउटै परिवारको दिपक तामाङसहित उहाँकी श्रीमती विमाया र छोरा छेवाङ तामाङको पुरिएर मृत्यु भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका