गण्डकी प्रदेश प्रमुख शेरचनलाई लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा हस्तान्तरण – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • गण्डकी प्रदेश प्रमुख शेरचनलाई लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा हस्तान्तरण

गण्डकी प्रदेश प्रमुख शेरचनलाई लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा हस्तान्तरण

गण्डकी प्रदेश प्रमुख शेरचनलाई लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा हस्तान्तरण

पोखरा, २६ असार । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा हस्तान्तरण गरिएको छ ।

नापी कार्यालय, कास्कीका प्रमुख नापी अधिकृत ई. खिमलाल गौतमले प्रदेश प्रमुख शेरचनलाई अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा शुक्रबार हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा गौतमले प्रदेश प्रमुख शेरचनलाई नक्साको बारेमा जानकारी गराउनुभएको थियो । नक्सा ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले नापी कार्यालय, कास्कीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

नक्सा हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुखको कार्यालय, गण्डकी प्रदेशका सचिव हरिप्रसाद बाँस्तोला समेत उपस्थित हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका