डीभी लोटरी परेका नेपालीहरु अमेरिका जान नपाउने – Samacharpati Samacharpati डीभी लोटरी परेका नेपालीहरु अमेरिका जान नपाउने – Samacharpati
Samacharpati
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • डीभी लोटरी परेका नेपालीहरु अमेरिका जान नपाउने

डीभी लोटरी परेका नेपालीहरु अमेरिका जान नपाउने

डीभी लोटरी परेका नेपालीहरु अमेरिका जान नपाउने

काठमाडौं, २६ असार । डीभीमा छनौट भएका २६ सय नेपाली अब अमेरिका जान नपाउने भएका छन् । कोरोना भाइरसको महामारीका कारण आप्रवासीहरूलाई सन् २०२० को अन्त्यसम्म नै प्रवेशमा रोक लगाएपछि डीभी लोटरी परेका नेपालीहरु अमेरिका जान नपाउने भएका हुन् ।

अप्रिल २३ देखि लागु गरिएको आप्रवासन भिसाको प्रतिबन्ध बढाएर डिसेम्बरको अन्त्यसम्म बनाइएको छ । जसको प्रभबन नेपालीमा पनि परेको हो । सेप्टेम्बरसम्म भिसा नपाएपछि सन् २०२० को डिभी समाप्त हुने नियम रहेको छ ।

डीभी लोटरीका लागि भिसा फर्म भरेर अन्तरवार्तामात्र कुरेकाहरुको भिसा शुल्क के हुने भन्नेबारे केही बताइएको छैन ।सन् २०२० मा ३ हजार ६९६ जना नेपालीलाई डीभी लोटरी परेकोमा १ हजार ६९ जनाले भने भिसा प्राप्त गरिसकेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका