नेपालमा यि ५ वटा जिल्ला कोरोना मुक्त भए – Samacharpati Samacharpati नेपालमा यि ५ वटा जिल्ला कोरोना मुक्त भए – Samacharpati
Samacharpati
सोमवार, चैत्र ३०, २०७७
  • होमपेज
  • नेपालमा यि ५ वटा जिल्ला कोरोना मुक्त भए

नेपालमा यि ५ वटा जिल्ला कोरोना मुक्त भए

नेपालमा यि ५ वटा जिल्ला कोरोना मुक्त भए

काठमाडौं, २४ असार ।  नेपालमा कोरोना संक्रमणमुक्त भएका जिल्लाहरु पाँच वटा रहेका छन् । पाँच जिल्लाहरुमा भएका सबै संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएको बताएका हुन् ।

यी जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यी जिल्लाहरुमा भएका संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि भएको संख्या १६ हजार ४ सय २३ रहेको छ । त्यस्तै, हालसम्म कुल ७ हजार ७ सय ५२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका