काठमाडौँमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टी – Samacharpati Samacharpati काठमाडौँमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टी – Samacharpati
Samacharpati
सोमवार, चैत्र ३०, २०७७
  • होमपेज
  • काठमाडौँमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौँमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौँमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौँ, २४ असार । काठमाडौँ उपत्यकामा आज थप २३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

सो अवसरमा प्रवक्ता डा गौतमले नेपालमा थप २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन । उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप २ सय २ सय ५५संक्रमण भएको पुष्टि भएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका